काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन बढेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष (आव)को चैतमसान्तसम्म १ करोड ३५ लाख ३९ हजार ५१० वटा बीमालेख जारी गरी १ खर्ब २६ अर्ब १८ करोड १२ लाख बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको सोहि अवधिको तुलनमा १४.६२ प्रतिशत अर्थात् १६ अर्ब ९ करोड ८५ लाखले बीमा शुल्क आर्जन बढी हो । गत आवको चैतमसान्तसम्म उक्त बीमा कम्पनीहरुले १ करोड ३८ लाख ३२ हजार ६०१ वटा बीमालेख जारी १ खर्ब १० अर्ब ८ करोड २७ लाख बीमा शुल्क आर्जन गरेका थिए ।
प्राधिकरणका अनुसार प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) , वैदेशिक रोजगार बीमालेख बिक्री तथा नवीकरणमार्फत् उक्त आम्दानी गरेका हुन् । चालु आवको चैतसम्म प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) २४ अर्ब ४० करोड १ लाख, वैदेशिक रोजगार बीमाशुल्क २ अर्ब २३ करोड ३ लाख र नवीकरण बीमाशुल्क ९९ अर्ब ५५ करोड ७ लाख आम्दानी गरेका हुन् ।
समिक्षा अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इनस्योरेन्स कम्पनी बन्दा सबैभन्दा कम प्रभुम महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । चालु आवको तेस्रो त्रैमासमा नेपाल लाईफले ३३ अर्ब १ करोड, नेशनल लाईफले १५ अर्ब ६४ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १४ अर्ब ३ करोड र हिमालयन लाइफले १२ अर्ब ५९ करोड बीमा शुल्क आर्जन गरेका छन् । सोहि अवधिमा
राष्ट्रिय जीवन बीमाले ८ अर्ब १६ करोड , सुर्यज्योति लाइफले ७ अर्ब ६५ करोड , एशियन लाइफले ६ अर्ब ४६ करोड, सिटिजन लाइफले ५ अर्ब ८ करोड र सानिमा रिलायन्सले ४ अर्ब ८४ करोड बीमा शुल्क आर्जन गरेका छन् ।
समिक्षा अवधिमा मेट लाइफले ४ अर्ब ४४ करोड , आइएमई लाइफले ३ अर्ब ७७ करोड , सन नेपाल लाइफले ३ अर्ब ८ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड र प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड बीमा शुल्क आर्जन गरेका छन् ।
चालु आवको तेस्रो त्रैमासमा नेपाल लाईफले १९ लाख ६० हजार ५३४ वटा, नेशनल लाईफले १५ लाख ३४ हजार ९७७ वटा, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ८१ हजार ९८५ वटा र हिमालयन लाइफले ४ लाख ६ हजार ३८७ वटा बीमा बिक्री तथा नविकरण गरेका हुन् । सोहि अवधिमा राष्ट्रिय जीवन बीमाले ५ लाख ७१ हजार ४९० वटा, सुर्यज्योति लाइफले ७ लाख १७ हजार ४८ वटा, एशियन लाइफले ८ लाख २२ हजार ७२९ वटा, सिटिजन लाइफले १० लाख १५ हजार १९३ वटा र सानिमा रिलायन्सले ७ लाख ५ हजार ८१६ वटा बीमालेख बिक्री तथा नविकरण गरेका हुन् ।
समिक्षा अवधिमा मेट लाइफले ७ लाख ६४ हजार ८१८ वटा, आइएमई लाइफल ६ लाख ६७ हजार ५७२ वटा, सन नेपाल लाइफले ९ लाख ८२ हजार ३२९ वटा, रिलायबल नेपाल लाइफले २४ लाख ८० हजार ९७८ वटा र प्रभु महालक्ष्मी लाइफले २ लाख २७ हजार ६५४ वटा बीमालेख बिक्री तथा नविकरण गरेका हुन् ।