RE
Global College

रोमानिया पठाइदिन्छु भन्दै एक युवकले छ जनालाई ठगे

काठमाडौं । वैदेशिक रोजगारीको लागी रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका-३ घर भई काठमाडौंमा बस्ने २८ वर्षीय दीपेन्द्र महत रहेका छन्।

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी रोमानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई उनी सम्पर्कविहीन भएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ६ जना पीडितबाट साढे ९ लाख रुपैयाँ लिएका थिए।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अंगुर जिसीले बताए।

NECO

Leave Your Comment

Related News