काठमाडौं । स्किल सेवा ले घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्राविधिक परामर्शसहित भिअर प्रबिधि प्रदर्शनगर्ने भएको छ। जेठ ३ गते शनिबार बिहान ८ बजे देखि नै रोयल रिसोर्ट होटल, अपँघाचीमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो ।
घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा बिशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ ।
परामर्शको लागि स्किल सेवाको प्रमुख कार्यालयबाट संस्थापन समूह नै इटहरीमा हुनेछन् ।
इटहरीमा बनेका प्रायः नयाँ घरहरूमा नै सिपेज,लिकेज र क्रयाक जस्ता समस्याहरू बढी देखिएकोले इटहरी जिल्लामा यस कार्यक्रम अयोजना गरिएको इटहरी शाखा प्रबन्धक सुगन्ध मिश्रले बताए ।
पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मान सम्मान, प्रतिष्ठा र सौखको बिषय बनेको कम्पनीका इटहरी शाखा प्रबन्धक सुगन्ध मिश्रले बताए ।
जीवनभरको मेहनतको कमाईले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको ५ महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कर्ने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेका छन् ।
यस्ता विषयवस्तुको बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिनका लागि घरको डाक्टर उपनामले परिचित यस कम्पनीले परामर्श कार्यक्रम गर्न लागेको हो ।
घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरी रहेको वर्ग परामर्श सेवाबाट फाइदा लिन सक्ने छन् ।
घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू, घर निर्माण गर्दा हामीबाट हुने कमी कमजोरी एवम् प्रक्रियागत त्रुटिको बारेमा ध्यान नदिदा विभिन्न किसिमका जोखिमहरू आउने गरेका छन् ।
यसको लागि घर निर्माण गर्नु पूर्व प्राविधिकको परामर्श लिनु आवश्यक पर्ने उनको भनाइ रहेको छ ।
जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु अति आवश्यक हुने गर्दछ ।
यदि हामीले घर निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन सकेनौँ भने यसले भविष्यमा ठुलो दुर्घटना निम्त्याउने गर्दछ ।
घर निर्माण प्राबिधक त्रुटि र मापदण्द प्रक्रियाबारे पनि यस कार्यक्रम मार्फत बुज्न सकिन्छ ।
प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो निर्माण गर्न सक्छौँ साथसाथै प्रक्रियागत त्रुटिरहित हुने भएकाले समस्या रहित घर निर्माण गर्न सकिन्छ ।
यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ ।
७ बर्ष देखि घरका बिभिन्न समस्याहरूको चेकजाँच र वारेन्टी सहित समाधान दिदैँ अइरहेको यस कम्पनीले समस्यारहित घर निमार्णका लागि यस्ता निःशुल्क परामर्शहरू दिने गरेके छ, कम्पनीले ४५ हजार भन्दा बढी घरहरूको चेकजाँच गरिसकको समेत ब्यवस्थापक प्रशान्त प्रधान बताउँछन् ।
त्यसैले यस परामर्श कार्यक्रमबाट घर बनाउदै गर्नुभएका अथवा बनाउन लाग्नु भएका सबै घरधनीहरूले प्रत्यक्ष लाभ लिन सकिन्छ तथापी यस कार्यक्रमको लाभ भने सुरूमा बुक गर्नुहुने मात्रै १०० जनाले सहभागी हुन पाइनेछ ।
कम्पनीले परामर्श निःशुल्क भएकाले इच्छुकहरूलाइ यथाशिघ्र सिट बुक गराउन अनुरोध गरेको छ ।