लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पौने ३२ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा रहेको  छ।

बैंकको संस्थापक समूहको ३१ लाख ८० हजार ३९४ कित्ता शेयर बिक्रीमा राखिएको हो । हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । निवेदन काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार