CLI
Global College

भारत-पाकिस्तानबीचको द्वन्द्व कसरी रोकियो? अमेरिकाको भूमिका के ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जालमा भारत र पाकिस्तानबीच चार दिनको सीमा झडपपछि ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएको बताए । बुधबारदेखि जारी पाकिस्तान-भारत तनाव त्यसयता केही शान्त छ ।

विज्ञहरू भन्छन् कि पर्दा पछाडि, अमेरिकी मध्यस्थकर्ताहरूले क्षेत्रीय शक्तिहरूसँगको सहकार्यमा, आणविक हतियारधारी प्रतिद्वन्द्वीहरूलाई कूटनीतिक ब्याकच्यानलहरू मार्फत युद्धको छेउबाट फिर्ता ल्याउन प्रमुख भूमिका खेलेका थिए।

यद्यपि, युद्धविराम सम्झौता भएको केही घण्टामै भारत र पाकिस्तानबीच यसको उल्लंघनको आरोप र प्रतिआरोप सुरु भने भएको छ । यसले फेरि पनि परिस्थितिलाई धेरै नाजुक बनाएको छ ।

भारतले पाकिस्तानमाथि ‘बारम्बार उल्लंघन’ गरेको आरोप लगाएको छ भने पाकिस्तानले आफू युद्धविरामप्रति प्रतिबद्ध रहेको र उसका सेनाले ‘जिम्मेवारी र संयम’ अपनाएकोमा जोड दिएको छ । यद्यपि, दुई देशबीच यतिबेला युद्धबिराम छ । यसमा अमेरिकाको भूमिका रहेको विज्ञहरुको भनाइ छ ।

वाशिंगटन डीसीस्थित ब्रुकिंग्स इन्स्टिच्युसनका वरिष्ठ फेलो तन्वी मदन मे ९ मा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानी सेना प्रमुख असीम मुनीरलाई गरेको फोन कल टर्निङ प्वाइन्ट हुन सक्ने बताउँछिन् ।

‘विभिन्न अन्तर्राष्ट्रिय नेताहरूको भूमिकाको बारेमा हामीलाई अझै धेरै कुरा थाहा छैन, तर पछिल्ला तीन दिनमा यो स्पष्ट भएको छ कि कम्तीमा तीन देशहरू (अमेरिका, बेलायत र साउदी अरेबिया) तनाव कम गर्न काम गरिरहेका थिए,’ उनी भन्छिन्।

पाकिस्तानका विदेशमन्त्री इशाक दारले पाकिस्तानी मिडियालाई बताएअनुसार कूटनीतिमा टर्की, साउदी अरेबिया र संयुक्त राज्य अमेरिका सहित तीन दर्जन देश संलग्न थिए । मदन भन्छिन्, ‘यदि यो आह्वान (अमेरिकी विदेशमन्त्रीले) सुरुमै गरेको भए, द्वन्द्व यति धेरै बढ्ने थिएन।’

अमेरिकी मध्यस्थताले भारत पाकिस्तान संकटलाई कम गर्न मद्दत गरेको यो पहिलोपटक भने होइन । यसअघि पनि अमेरिकाले भारत पाकिस्तान युद्धमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।

Leave Your Comment

Related News