काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ । आज सुन प्रति तोला ३ हजार ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको. मूल्य १ लाख ९० हजार ५०० रुपैयाँ थियो ।
चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ थियो ।