खुल्यो बाढीबाट अवरुद्ध बीपी राजमार्ग

काठमाडौं । सोमबार वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग खुलेको छ।

सोमबारबाट अवरुद्ध राजमार्ग मंगलबार साढे १२ बजेबाट सञ्चालनमा ल्याएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिएका हुन्।

बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको छ,’ उनले भने, ‘अहिले सडक पूर्ण रुपमा सञ्चालमा आएको छ ।’

उनका अनुसार अस्थायी डाइभर्सन बनाएर यातायात चल्न सक्ने बनाइएको छ। राजमार्गको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध भएको थियो।

पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार