५ हजार ७०० ले घटेपछि पाँच सयले बढ्यो सुन

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दुई दिनको कारोबारमा ५ हजार ७०० रुपैयाँले घटेको सुन आज ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला १ लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रति तोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि चाँदीको मूल्य घटेको छ । चाँदी प्रति तोला १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार