काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुन तोलामा ३ हजार ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ थियो । मंगलबारको तुलनामा बुधबार सुन तोलामा ५०० रुपैयाँले बढेको थियो ।
आज चाँदी ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ थियो ।