RE
Global College

भोलिबाट देशभर टाटाको ‘प्रि–बजेट एक्सचेन्ज फेस्ट’

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जेठ १ देखी प्रि (बजेट एक्सचेन्ज फेस्ट आयोजना गर्ने घोषणा गरेको छ। यो आयोजना जेठ १ देखि ४ सम्म (१५ देखि १८ मे २०२५) चार दिनसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

ग्राहकहरूले यस मेलामा कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रिक गाडी साट्न सक्नेछन्। यसबाट उनीहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज, र जीवनभर निःशुल्क चार्जिङ जस्ता सुविधा पाउनेछन्।

साथै, ८०५ सम्म वित्तीय सुविधा पनि उपलब्ध हुनेछ, जसले इलेक्ट्रिक गाडी किन्ने प्रक्रिया अझै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ। टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक मोडेलहरूमा यो अफर लागू हुनेछ।

अतिरिक्त रूपमा, ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको जडान सुविधा पाउनेछन्। इच्छुक ग्राहकहरूले देशभरमा रहेका सिप्रदीको आधिकारिक सोरुममा गई मेलाको अवलोकन तथा ईभी गाडीहरू टेस्ट ड्राइभ गर्न सक्नेछन्।

NECO

Leave Your Comment

Related News