काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको हो ।
निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले आज अथात् जेठ १ गतेबाट इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलिय पदार्थको मूल्य घटेर आए सँगै नयाँ मूल्य तोकेको हो।
भारतबाट पेट्रोल प्रतिलिटर १.०८ रुपैयाँ र डिजेल २.८० रुपैयाँले मूल्य घटेर आएको हो ।
योसँगै काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० कायम भएको छ ।