दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको हो।

विधेयकलाई पारित गरियोस् भनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रस्तावलाई सभाका बहुमत सदस्यहरुले समर्थन गरेसँगै विधेयक सभाबाट सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार