काठमाडौं । कनेक्टआईपीएसले जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने गरी कनेक्टआईपीएसबाट लाईफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी “सुरक्षा सँगै क्यासब्याक, कनेक्टआईपीएसको साथ” अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत कनेक्टआईपीएसबाट लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले एक हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको रकम बराबर वा अधिकतम २० हजार रुपैयाँसम्म रकम फिर्ता पाउन सक्नेछन् ।
लक्की ड्र मार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हप्ता सकिए पश्चात तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिए पछी कनेक्टआईपीएसको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ । कनेक्टआईपीएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्टआईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानीमा उक्त अफर लागू हुनेछ । उक्त प्रणाली मार्फत सबै लाईफ र केहि माइक्रो लाईफ गरी १७ वटा कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती अत्याधिक प्रयोग हुने एक सजिलो माध्यमको रुपमा कनेक्टआईपीएसको विस्तार हुँदै आएको छ । । कनेक्टआईपीएसको वेब मार्फत प्रति कारोबार २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपालपे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।