RE
Global College

नेपाल युएईलाई हराउँदै  विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्न सफल 

काठमाडौं । नेपाल आइसिसी महिला टी- २० वल्ड विश्वकप एसिया क्वालिफायरबाट ग्लोबल क्वालिफायरमा छनोट हुन सफल भएको छ‌।

सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक ग्लोबल क्वालिफायरमा छनोट हुन सफल भएको हो।

खेलमा नेपालले ११५ रनको लक्ष्य १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्न सफल भयो। नेपालका लागि कप्तान इन्दु बर्माले ३४ रन बनाइन्।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।

युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिएकी हुन्।

अब नेपालले मंगलबार थाइल्याण्डसँग खेल्ने छ।

NECO

Leave Your Comment

Related News