पाँच हजारले बढ्यो सुन

काठमाडौं । नेपाली बजारमा सुनको बढेको छ । बुधबार सुन प्रति तोला ५ हजार रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य १ हजार ९४० रुपैयाँ थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार