RE
Global College

जेलबाट छुट्नेबित्तिकै युनुस अन्सारी पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली भारतीय नोट प्रकरणमा कैद भुक्तान गरिसकेका युनुस अन्सारीलाई पक्राउ गरेको छ।

नक्कली नोट प्रकरणमा ६ वर्ष कैद भुक्तान गरी उनी शनिबार कारागार कार्यालय नख्खुबाट छुटेका थिए।

छुटेलगत्तै उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न सिआइबीले नियन्त्रणमा लिएको एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। अन्सारीको सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको थियो । नक्कली मुद्राको कसुरमा सजाय भुक्तानपछि छुटेपछि प्रहरीले पक्राउ गरेका हो । अन्सारी अहिले सीआईबीको हिरासतमा छन् ।

NECO

Leave Your Comment

Related News