RE
Global College

गभर्नर पौडेलविरुद्धको रिटमाथि आज सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । पौडेलको नियुक्ति बदरको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।

मंगलबार अधिवक्तात्रय विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति प्रक्रिया अवैध भएको जिकिर गर्दै रिट निवेदन दर्ता गराएका हुन्।

रिटमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर बन्ने व्यक्तिमा आवश्यक पर्ने विज्ञता नभएको व्यक्ति नियुक्त गरिएको दाबी गरिएको छ। साथै, नियुक्ति, सिफारिस र शपथ ग्रहणसमेतको सम्पूर्ण प्रक्रिया गैरकानुनी रहेको जिकिर गरिएको छ।

उक्त रिट गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद संशोधनविरुद्ध उनीहरूले दायर गरेको रिटसँगै लगाउमा राखेर सुनुवाइ हुनेछ । उक्त संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले वैशाख २ गते अन्तरिम आदेश दिइसकेको छ ।

NECO

Leave Your Comment

Related News