CLI
Global College

क्यानडामा मनाइयो सगरमाथा दिवस

काठमाडौं । क्यानडा स्थित क्यालगरी शहरमा मे २८ २०२५ का दिन सगरमाथा दिवस विशेष कार्यक्रम को आयोजना गरि मनाइयो । अल्बर्टा नेपाल च्याम्बर अफ कमर्स को मुख्य संयोजकत्व र क्यालगरी स्थित नेपाली सामुदायिक संस्था एन सी एस सी एवं गैर आवासीय नेपाली संघ क्यानडा को समेत संग संयोजन गरि उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम का मुख्य अतिथि डेभ रोड़्नी तथा मींग्मा तेन्जींग शेर्पा रहेका थिए । २ पटक सगरमाथा आरोहण गरिसकेका रोड़्नी अल्बर्टा नेपाल च्याम्बर अफ कमर्स का विशेष सल्लाहकार समेत छन्।। रोड्नी अल्बर्टा प्रान्त को पटक पटक निर्वाचित सांसद र प्रान्तीय मन्त्री को भूमिका समेत निर्वाह गरि सकेका ब्यक्ति हुन् ।

कार्यक्रम मा रोड्नी ले आफू सगरमाथा आरोहण गर्दा को अनुभव सहीत को प्रेरणादायक प्रस्तुति सहीत को शब्द चित्र समेत प्रस्तुत गरेका थिए। कार्यक्रम का अर्का आकर्षण को रुपमा उपस्थित मींग्मा शेर्पा सगरमाथा आरोही थिए । उनले कार्यक्रम मा हिमलय क्षेत्र को महत्व र आरोहण का बारेमा विचार राख्नु  ब्यक्त गरेका थिए। नेपाल र क्यानडा दुबै देशका राष्ट्रीय गान बाट कार्यक्रम को शुभारंभ भएको थियो भने नेपालको सांगीतिक प्रस्तुति पनि पस्किइएको थियो।

कार्यक्रम मा क्यानडा स्थित नेपाली राजदूत महामहिम भरतराज पौडेल ले पठाएको शुभकामना सन्देश भिंडियों मार्फत प्रस्तुत गरिएको थियो। त्यसै गरि नेपाल टुरिजम बोर्ड का तर्फबाट लक्ष्मण गौतम, ट्रकिंग एजेन्सी अफ नेपाल (टान) का तर्फबाट रामचन्न्द्र सेढांई तथा त्रिभुवन विश्व विद्यालय पर्यटन तथा आतिथ्य सत्कार विभाग बाट डा. पशुपति न्यौपाने  बाट प्राप्त शुभकामना सन्देश हरु भिडियो मार्फत प्रस्तुत गरिएको थियो।

नेपाल स्थित यी तिनै संस्था तथा निकाय र अल्बर्टा नेपाल च्याम्बर अफ कमर्स बिच सहकार्यका लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भइ सकेको छ र नेपाल स्थित यी संस्था हरु र अल्बर्टा च्याम्बर मिलेर नेपाल को पर्यटन प्रबर्दन कार्यमा सहकार्यको शुरुवात भइ सकेको छ।

कार्यक्रम मा क्यालगरी स्थित नेवा: समाज , तामंग समाज, मगर समाज तथा सिनियर सोसाइटी अफ क्यालगरी (टस) का प्रतिनिधि हरु को पनि उपस्थिति रहेको थियो।

 

Leave Your Comment

Related News