RE
Global College

देशभर वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सातै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको संक्षिप्त बुलेटिनअनुसार आज दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा, देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा अन्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात पनि हुन सक्छ।

राति कोशी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

हाल देशका पश्चिमी र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोसी प्रदेशमा मुख्य रूपमा मनसुनी वायुले प्रभाव पारेको छ।

NECO

Leave Your Comment

Related News