RE
Global College

टीपीएस सुविधा खारेज गर्दै नेपालीका लागि अमेरिकाको सूचना : दुई महिनाभित्र आफ्नो देश फर्कनू

काठमाडौं ।  अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने भएको छ । सशस्त्र द्वन्द्व र अन्य प्रलय तथा स‌ंकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकाले सन् २०१५ देखि आफ्नो देशमा
आश्रय दिइरहेको थियो ।

सशस्त्र द्वन्द्व तथा अन्य कारणले नेपालमा बस्न नसकेको बताउँदै अमेरिकामा आश्रय लिएका नेपालीको संख्या साढे तीन लाख बढी रहेको छ । करिब १० वर्षपछि अब यो सुविधा अमेरिकाले हटाउन लागेको हो ।

सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पपछि राहतको रूपमा अमेरिकी सरकारले नेपाली नागरिकलाई टीपीएस प्रदान गरेको थियो । तर अब यो संरक्षण सुविधा आउँदो अगस्ट ५ बाट औपचारिक रूपमा अन्त्य हुने भएको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले बिहीबार एक सूचना जारी गर्दै नेपालका लागि दिइएको टीपीएस दुई महिनापछि पूर्ण रूपमा समाप्त हुने जानकारी दिएको हो।

सूचनामा अगस्ट ५ भित्र वैधानिक रूपमा बस्ने अर्को उपाय नपाउने नेपाली नागरिकहरूलाई अमेरिका छोड्न तयारी गर्न आग्रह गरिएको छ ।

NECO

Leave Your Comment

Related News