RE
Global College

ट्रम्पद्वारा १२ देशका नागरिकलाई प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ एक घोषणापत्रमा हस्ताक्षर गर्दै केही देशहरूबाट अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।

यो प्रतिबन्ध अन्तर्गत १२ देशका नागरिकहरूको अमेरिका प्रवेशमा पूर्णरूपमा रोक लगाइनेछ । जसमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् ।

यस्तै बुरुंडी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला ७ देशका नागरिकहरूलाई आंशिक प्रतिबन्ध लगाइनेछ।

वैध स्थायी बसोबास अनुमतिप्राप्त व्यक्ति, पहिले नै भिसा प्राप्त गरेका नागरिक, केही विशेष प्रकारका भिसा धारक र ती व्यक्ति जसको आगमन अमेरिकी राष्ट्रिय हितमा पर्नेछ उनीहरुलाई भने यात्रा प्रतिबन्ध लाग्नेछैन ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार, राष्ट्रपति ट्रम्पले कोलोराडोको बाउल्डरमा भएको यहूदीविरोधी आक्रमणपछि यो निर्णय लिएका हुन्। उनले यसअघि नै प्रतिबन्ध लगाउने तयारी गरिरहेकोमा आइतबारको आक्रमणपछि यसलाई चाँडै लागू गर्ने निर्णय भयो। तर, आक्रमणमा संलग्न व्यक्ति इजिप्टको नागरिक भए पनि इजिप्ट प्रतिबन्धित देशको सूचीमा भने परेको छैन ।

NECO

Leave Your Comment

Related News