काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य बढेका छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ९३ हजार ७०० रुपैयाँमा करोबार भइरहेको छ । बिहीबार पनि सुनको मूल्य सोही रहेको थियो ।
चाँदीको मूल्य ७५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य २ हजार ७५ रुपैयाँ थियो ।


