वातावरण दिवसको उपलक्ष्यमा सिटिजन्स् बैंकको एक खाता एक रुख अभियानअन्तर्गत वृक्षरोपण

काठमाडौं । सिटिजन्स बैंकको आयोजना कीर्तिपुरको चोभारस्थित मञ्जुश्री पार्कमा वृक्षरोपण गरिएको छ । ’बिट प्लाष्टिक पोलुसन’ भन्ने अभियानलाई आत्मसात गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार वृक्षरोपण कार्यक्रम गरेको हो।

बैंकका अनुसार विश्व वातावरण दिवस २०२५ को अवसरमा कीर्तिपुर–१४ को मन्जुश्री पार्कमा विभिन्न प्रजातिका करिब १ हजार २८५ बिरुवा रोपिएको छ। वृक्षरोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जल विनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन तथा बैंक व्यवस्थापनका उच्च तहका कर्मचारीहरूको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, ’हरियाली बढाउने र वातावरण संरक्षण गर्ने प्रतिबद्धता यही कार्यबाट देखाउँछौं र हरेक वर्ष स्मार्ट बचत खाता “१ खाता, १ रुख” अभियान अन्तर्गत रूखहरू रोप्ने प्रण गर्दछौं।’ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ भने समुदायिक विद्यालय एवम् मठमन्दिरहरुमा समेत सहयोग गरिसकेको जनाइएको छ।

हालै ’बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गर्न सफल बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै ग्राहकलाई मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा दिएको छ । अन्तर बैंक टेलर सुविधामा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने सुविधा पनि ल्याएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा रहेका आफ्ना २०० वटा शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार