प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको साधारण सभा हुँदै बोनस सेयर प्रस्ताव पारित गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा आज बस्दैछ । सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले यसअघि सातौं वार्षिक साधारण सभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव भने रद्द गर्ने बताएको छ । प्रस्तावित बोनस सेयरबाटै नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम हुने भएका कारण हकप्रद प्रस्ताव रद्द गर्न लागिएको प्रभु महालक्ष्मीले जानकारी गराएको छ ।

बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा छ ।

 

कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, उक्त दिनभन्दा अघि कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार