RE
Global College

वैदेशिक रोजगारीसम्वन्धी मेनपावरसहित सम्पूर्ण संस्थाहरु नवीकरण गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाउने संस्था तथा तिनका शाखा लगायतका कार्यालयहरु नवीकरण गर्न आग्रह गरेको छ ।

विभागले वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानून बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रुपमा नवीकरण गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरु, स्वीकृति प्राप्त शाखा कार्यालयहरु, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरु, केयर गिभर सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, घरेलु कामदार सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, वैदेशिक रोजगारमा जाने कामदारहरुलाई सिपमूलक तालिम प्रदान गर्ने संस्थाहरु नविकरण गर्न आग्रह गरेको हो ।

यसका साथै खास देश पठाउनको लागि सूचीकृत भएका संस्थाहरुलाई समेत संस्था नविकरण गर्न आग्रह गरिएको छ । साथै संस्था नवीकरण गर्दा आवश्यक पर्ने आधारभूत कागजातको अतिरिक्त गुगल प्लस कोड सहितको गुगल म्याप र मौजुदा सबै संचालक एवम् कार्यरत कर्मचारीहरुको विवरण समेत निवेदन साथ पेश गर्नु पर्ने विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार संस्थाहरु नविकरण नगरेको खण्डमा कानून बमोजिम कारबाही गरिने बताइएको छ ।

NECO

Leave Your Comment

Related News