काठमाडौं । काठमाडौंको टोखा क्षेत्र नजिक लागुऔषध कारोबारमा संलग्न रहेका भारतीय नागरिकहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो ९एनसीबी० को टोलीले ग्राण्डी अस्पताल नजिकै गोली चलाएर चार जनालाई नियन्त्रणमा लिएको हो।
ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक ९एसपी० जनकबहादुर शाहीका अनुसार गोली चलाइएको घटनामा दुई जना घाइते भएका छन्। नियन्त्रणमा लिएका चारै जना भारतीय नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि उनीहरूको विस्तृत परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।
घटनाबारे जानकारी दिँदै ब्युरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० कृष्ण कोइरालाले लागुऔषध कारोबारसम्बन्धी विशेष सूचनाका आधारमा टोली परिचालन गरिएको बताए। टोलीमा इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितका प्रहरी अधिकारीहरू सहभागी थिए।
उनका अनुसार प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाउनुको कारण प्रहरीमाथि भएको प्रतिरोध थियो। पक्राउ प्रक्रियामा प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाइएको हो। प्रहरीले घटनास्थलबाट १५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ।
पक्राउ पर्ने क्रममा भएको झडपमा प्रहरी जवान रविन्द्र केसी र नवराज घिसिङ घाइते भएका छन्। उनीहरूको पनि हाल उपचार भइरहेको छ। पक्राउ परेका व्यक्तिहरूलाई ब्युरो कार्यालय कोटेश्वर ल्याउने प्रक्रिया भइरहेको बताइएको छ। विस्तृत विवरण भने आउन बाँकी छ ।