सिटिजन्स बैंकद्वारा बेनीको जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण, गण्डकी प्रदेशमा बृक्षारोपण

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको बेनी शाखाले गण्डकी प्रदेशको बेनी नगरपालिका वडा नं ६ जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । करिब ५० हजारको लागतमा निर्मित यात्रु प्रतिक्षालय वडाका अध्यक्ष कृष्णसिङ बानियाँलाई हस्तान्तरण गरिएको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २७ गते मंगलबारको दिन गण्डकी प्रदेशको वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस हेखाखर्का, पोखरामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२५ को दिन बृहत बृक्षारोपण कार्यक्रम पोखरा कास्की वडा नम्बर १५ मा करिव १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

हालै ’बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गर्न सफल बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै ग्राहकलाई मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा दिएको छ । अन्तर बैंक टेलर सुविधामा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने सुविधा पनि ल्याएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा रहेका आफ्ना २०० वटा शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार