RE
Global College

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठको दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीको  भर्त्सना  गर्दै खारेज गर्न माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जीको  भर्त्सना  गर्दै प्रक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् ।

उनले आफ्नो फेसबुक पेजमा लेख्दै यस्तो माग गरेक हुन् । पाठकले टफटक विथ दिलभुषण पाठक नामको युट्युब च्यानलमा केहीदिन अघि   प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा-पुत्र जयवीर देउवा र काठमाडौंको हिल्टन होटलसम्बन्धी एक भिडिओ बनाएको कारण पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

उपाध्यक्ष श्रेष्ठले भनेका छन् ‘एउटा समाचार प्रसारण गरेको आधारमा प्रतिष्ठित पत्रकार दिल भूषण पाठकलाई पक्राउपूर्जी जारी गर्नु हदै निरङ्कुश ,असहिष्णु , प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यता विरोधी निन्दनीय कार्य हो ।यसको म तिब्र भर्त्सना गर्दछु र यो पक्राउपुर्जी तत्काल खारेज गर्न माग गर्दछु । पत्रकार मित्र दिल भूषण पाठकले प्रसारण गर्नु भएको समाचार तथ्य सत्यमा आधारित छ कि छैन स्पष्ट हुँदै जाला ।”

श्रेष्ठले थप लेखेका छन्   सञ्चार माध्यममा कतिपय बेला अत्यन्त निराधार ,गलत र गैरजिम्मेवार समाचार पनि प्रसारण हुने गरेका छन् र त्यस्तो पत्रकारितालाई सच्याउनु जरुरी छ । त्यस्ता पत्रकारलाई जिम्मेवार बनाउनु पनि पर्छ ।तर सम्बन्धित समाचार गलत हो र त्यसको प्रतिवाद गर्ने हो भनेपनि खण्डन, अदालत वा प्रेस काउन्सिलको बाटो छाडेर पकाउपूर्जी जारी गर्ने बाटोलाई भने किमार्थ सही ठाहर्याउन सकिँदैन । यस्ता कार्य बन्द गरियोस् ।

 

NECO

Leave Your Comment

Related News