RE
Global College

भारतबाट नेपाल ल्याउँदै गरेको ३९ लाख बढीको सामान बरामद

काठमाडौं । बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ डम्पिङ साइटबाट जेठ ३१ गते सशस्त्र प्रहरीले करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।

भारतबाट अवैध रूपमा साइकलमा राखेर नेपालतर्फ ल्याइँदै गरेको ‘एयरपड प्रो’ र मोबाइलको टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराले बरामद गरेको हो। सामान ल्याउने व्यक्ति फरार छन्।

बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा छ।

NECO

Leave Your Comment

Related News