पर्सामा रविसहित २९ विरुद्ध मुद्दा दर्ता

काठमाडौं । सहकारीको रकम ठगीको आरोपमा पर्सामा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

उनीहरु विरुद्ध वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा पर्सा जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको हो ।

प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।

त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार