RE
Global College

गण्डकी प्रदेशको बजेट ३१ अर्ब ९८ करोड

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा पूँजिगत खर्चतर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ अर्थात कुल बजेटको ५९.७ प्रतिशत विनियोजन गरिएको छ। चालू खर्चतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ अर्थात ३९.५ प्रतिशत छुट्याइएको छ। यस्तै, वित्तीय व्यवस्थातर्फ २५ करोड रुपैयाँ (०.८ प्रतिशत) विनियोजन गरिएको छ।

मन्त्री गुरुङले प्रस्तुत गरेको बजेटमा १ करोड ५४ लाख ५२ हजार रुपैया सञ्चित कोषमाथि व्ययभार पर्ने बताएका छन् ।

बजेटका प्राथमिकता

दिगो र उत्थानशील पूर्वाधार निर्माण
दक्ष र प्रविधिमैत्री मानव पुँजी निर्माण
सामाजिक न्याय र समतामूलक समाजको स्थापना
सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षा
सन्तुलित विकास र तहगत सहकार्य
गुणस्तरीय सेवा प्रवाह र सुशासन

NECO

Leave Your Comment

Related News