काठमाडौं । मधेस प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि साढे ४६ अर्बको बजेट ल्याएको छ । प्रदेश सभामा आइतबार अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रूपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
चालूतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार रूपैयाँ र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार रूपैयाँ बजेट विनियोजन गरिएको हो।
आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको बजेट चालू आर्थिक वर्षको भन्दा ६.१३ प्रतिशत बढी हो।