काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको बढाएको छ। सोमबार निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल र मट्टितेलमा दुई रुपैयाँ बढाएको हो ।
यससँगै, डिजेल र मट्टितेलको खुद्रा मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गमा प्रतिलिटर १४२ रुपैयाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपैयाँ कायम गरिएको छ । पेट्रोलको मूल्य भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ निर्धारण गरिएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्य सूचीअनुसार डिजेलमा १ रुपैयाँ ६७ पैसा र र पेट्रोल १ रुपैयाँ ४१ पैसा बढेर आएको छ । सोही सूची अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।