RE
Global College

रास्वपा र राप्रपाको अवरोधबीच अगाडि बढ्यो संसद

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ। सोमबार पनि भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा अवरोध कायमै राखेका छन्। तर
सोमबार पनि संसद पेलेरै अगाडि बढाइएको छ।

रास्वपाका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरिरहे पनि सभामुखले संसद अगाडि बढाएका हुन्। सभामुख देवराज घिमिरेले अवरोधकै बीच बैठकको कारबाही अघि बढाएका छन्।

सोमबारको बैठकमा गत १५ जेठमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ। प्रतिपक्षी दलहरुले भने भिजिट भिसा प्रकरणलाई लिएर संसदमा विरोध गर्दै आएका छन् । माओवादीले सहमति गरे पनि रास्वपा र राप्रपा सहमत भएका छैनन् । उनीहरुले गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरिरहेका छन्।

NECO

Leave Your Comment

Related News