RE
Global College

भिजिट भिसा प्रकरणमा तत्कालै छानबिन समिति बनोस् : माओवादी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा ३० दिनभित्र छानबिन गर्न सरकारसँग आफूहरुको सहमति भएको भए पनि त्यसलाई तत्काल अगाडि बढाउनु पर्ने माग गरेको छ। सोमबार प्रतिनिधिसभाको बैकठमा बोल्दै माओवादी सांसद शक्ति बस्नेतले रोष्टममा सरकारका तर्फबाट गृहमन्त्रीले गरेको घोषणा तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिए।

‘सरकारले ३० दिनभित्रमा अध्ययन, छानबिन समिति बनाएर प्रक्रिया अगाडि बढाउने उद्घोष गरिसकेको छ,’ उनले भने, ‘हामीले सोही कुराको भरोसा पनि गरेका छौं । म सरकारसँग के आग्रह गर्न चाहान्छु भने अब त्यो ३० दिन लगाउनु पनि जरुरी छैन। अब एक साता भित्रमा उक्त काम गरे हुन्छ ।

उनले रोष्टममा गृहमन्त्रीजीले गर्नु भएको प्रतिवद्धता अनुरुप अब तत्काल छानबिन समिति गठन गरेर सबैको भावनालाई एकीकृत गर्न सरकारसँग आग्रह गर्न चाहेको बताए ।

NECO

Leave Your Comment

Related News