RE
Global College

सांसद सूर्य थापाको प्रश्न : हामी संसदमा छौं कि रत्नपार्कमा छौं ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद सूर्य थापाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेत बोल्दै गर्दा नियमापत्ति जनाएका छन्। उनले बजेटमाथि छलफल हुँदै गर्दा कस्तो वातावरणमा हुनुपर्ने हो भन्ने आफूले नबुझेको बताएका हुन् ।

‘हामी बजेटमाथिको छलफलमा छौँ । यो छलफलका क्रममा यो बैठक कसरी चल्ने हो ? कस्तो वातावरण बनाउनु पर्ने हो ? हामी सबैले कस्तो मर्यादामा बैठक चलाउने हो ?’ उनले प्रश्न गर्दै अघि भने , ‘हामी रत्नपार्कमा छौं कि ? कलंकीमा छौं कि ? पोखराको चिप्ले ढुंगामा छौँ कि ? मैले बुझ्न सकिनँ।’

उनको यो प्रश्नको जवाफ रास्वाप सांसदहरुले फर्काएका थिए। रास्वपा सांसदहरुले भनेका थिए– ‘हामी आन्दोलनमा छौं।’ त्यसपछि फेरि थापाले रास्वपा सांसदको आन्दोलनतिर कटाक्ष गर्दै भने, ‘मान्य सदस्यहरुका कुर्सी रोइराखेका छन्, कुर्सीले मान्य सदस्यलाई देख्न पाएका छैनन्।’ त्यसपछि सभामुख देवराज घिमिरेले थापालाई बस्न निर्देशन दिएका थिए। थापा पश्चयात भने माओवादी सांसद बस्नेतले आफ्नो धारणा राख्ने कामलाई निरन्तरता दिएका थिए।

NECO

Leave Your Comment

Related News