RE
Global College

०६४ यताका १४ जना गृहमन्त्रीमाथि छानबिन गरौं : प्रमुख सचेतक शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणको विषयमा सबै दलहरू एकजुट भएर अघि बढ्न अपिल गरेका छन्।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा नभएको भन्दै एकजुट भएर अघि बढ्न आह्वान गरेका हुन्। उनले उक्त प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखकको मात्र नभई २०६४ साल यताका १४ जना गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने बताए।

उनले लाखौँ नेपालीहरू विदेशमा भिजिट भिसाको नाममा बेचिएर अलपत्र परेको उल्लेख गर्दै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरे।

उनले अवरोधका बीच संसद नचलाउन समेत सभामुखसँग आग्रह गरे। अवरोधका बीच संसदको कारबाही अगाडि बढाए आज पनि बैठक वहिस्कार गर्ने उनको भनाइ छ।

NECO

Leave Your Comment

Related News