CLI
Global College

सांसद अमरेशले नेपालका जिल्लाहरु लिजमा दिऊँ भनेपछि संसदमा लफडा

काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका ५ जिल्ला बाहेकका जिल्लालाई लिजमा दिन भनेपछि संसद्‍मा हंगामा भएको छ।

आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले मुख्य नेता बाहेकका जिल्लामा बजेट नदिएको भन्दै अन्य देशलाई बाँकी जिल्ला लिजमा दिन भनेका थिए।

सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।

सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भन्दै बजेट नजाने बोल्न पनि नपाउने किन भन्दै आक्रोश व्यक्त गरेका थिए ।

उनले एमाले देशप्रति गद्दार तपाईँहरू हो भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यसपछि सत्तापक्षका सांसद नै नाराबाजीमा उत्रेका थिए ।

संसदमा अमरेशले बोलका कुराहरु जस्ताको त्यस्तै:-

म नेपाल सरकारलाई भन्न चाहन्छु यो चारपाँच जिल्ला नेपालमा राखौँ, बाँकी जिल्ला लिजमा अर्को देशलाई दिऔँ । अमेरिकालाई दिऔँ, चाइनालाई दिऔँ, भारतलाई दिऔँ । बजेट नै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने ? खाली ट्याक्स लिनलाई राख्ने ? सहरी विकास मन्त्रालयको म स्टार्ट गर्छु । काठमाडौँमा ३ करोडका दरले १३१ योजना छ । काठमाडौँमा १३१ योजना छ भने मेरो जिल्लामा कम्तीमा १५,२० वटा त पर्दथ्यो । सर्लाहीका जनताले १३१ खोजेको होइन । २० वा ३० राखेको भए हुन्थ्यो ।

डडेलधुरामा गेटा मेडिकल कलेज खोल्दा हामी ताली बजायौँ । तर मधेसमा एउटा पनि नखोल्ने ? त्यसपछि एमालेका सांसद महेश बर्तौलाले नियमापत्ति जनाउदै २०,२१ र २३ को स्मरण गराउँदै सिंहलाई कारबाही र अभिव्यक्ति हटाउन माग गरेका थिए ।

Leave Your Comment

Related News