CLI
Global College

११ महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय करिब ४० अर्ब

काठमाडौं । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा करिब ४० अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको साउनदेखि जेठसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ८८ करोड ४० लाख ७५ हजार रुपैयाँ बराबरको बीमा शुल्क सञ्चालन गरेका छन् ।

यस अवधिमा २५ लाख ८७ हजार ३१५ बीमा लेख बिक्री भएका छन् ।

यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । शिखरले २ लाख ७५ हजार ३५३ बीमा लेख बिक्री गरेर ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

४ अर्ब ५० करोड ३७ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्दै सगरमाथन लूम्बिनी इन्स्योरेन्स दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब ९० करोड ८८ लाख ७ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स ३ अर्ब ५१ करोड ४५ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गर्न गरेको छ ।

आइजीआई प्रुडेन्सियलले ३ अर्ब ३९ करोड ३७ लाख १३ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ९५ करोड ८५ लाख ८१ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ७४ करोड ३३ लाख ६१ हजार रुपैयाँ, ओरियन्टलले २ अर्ब ४२ करोड ५३ लाख ३८ हजार रुपैयाँ, युनाईटेड अजोडले २ अर्ब ४१ करोड ८६ लाख १७ हजार रुपैयाँ, सानिमा जिआईसीले २ अर्ब ३६ करोड ३ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै, नेपाल इन्स्योरेन्सले १ अर्ब ८४ करोड ४२ लाख ३५ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ५७ करोड ९५ लाख ११ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३१ करोड ५० लाख १२ हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सले ९७ करोड ७६ लाख ६१ हजार रुपैयाँ बीमााशुल्क आर्जन गर्न सफल भएका छन्।

चार लघु बीमक कम्पनीले यस अवधिमा ८४ करोड ९८ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल माइक्रोले २३ करोड ७९ लाख ५७ हजार रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले २२ करोड १० लाख ७९ हजार रुपैयाँ, स्टार माइक्रोले २० करोड १७ लाख ९१ हजार रुपैयाँ र ट्रस्ट माइक्रोले १८ करोड ८७ लाख ६२ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

Leave Your Comment

Related News