एलजी नेपालले प्रस्तुत गर्‍यो एफेक्सनेट इन्टेलिजेन्स मानव-केन्द्रित एआईको नयाँ युगको शुरूआत

काठमाडौं । एलजी नेपालले आफ्ना नवीनतम ग्लोबल इनोवेसनको अवधारणा “एफेक्सनेट इन्टेलिजेन्स” लाई विशेष दुई दिने कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।

दुई दिन भएको कार्यक्रमको पहिलो दिन डिलरहरूका लागि र दोस्रो दिन सर्वसाधारण, मिडिया तथा इन्फ्लुएन्सरहरूका लागि आयोजना गरिएको यस कार्यक्रममा एलजीको भविष्यमुखी प्रविधिको अनुभव गराइएको चौधरी ग्रुपले जनाएको छ ।

प्रविधिले प्रयोगकर्तालाई बुझ्नु मात्र होइन, उनीहरूको ख्याल पनि राख्ने सीजीको दाबी छ । “एफेक्सनेट इन्टेलिजेन्स” एलजीको आर्टिफिसियल इन्टेलिजेन्सप्रति राखिएको विशेष दृष्टिकोण हो—जहाँ एआई केवल बुद्धिमान नभई संवेदनशील र उत्तरदायी रहेको छ, जसले प्रविधि र मानवबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउँछ ।

यस अवसरमा एलजीले आफ्ना आगामी पुस्ताका एआई प्रविधिद्वारा सञ्चालित समाधानहरू प्रस्तुत गर्‍यो, जुन नवप्रवर्तनमा आफ्नो प्रतिबद्धता र उद्देश्यप्रति समर्पणको प्रमाण थियो ।

साथै एलजीले नेपालमा आफ्नो ४० वर्षको सफल यात्रा मनाउँदै एक ऐतिहासिक उपलब्धि हासिल गरेको जानकारी दिइयो । पछिल्ला चार दशकदेखि एलजी नेपाली घरपरिवारको रोजाइमा रहँदै आएको छ—यो विश्वास, नवीनता र ग्राहकसँगको गहिरो सम्बन्धको प्रतिफल रहेको सीजीले बताएको छ ।

कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको उपस्थितिले विशेष आकर्षक बनाएको थियो । उनले नेपालमा एलजीको शुरूआती यात्रा र डिलर तथा साझेदारहरूको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै, एलजीलाई देशको सबैभन्दा भरपर्दो र प्रिय इलेक्ट्रोनिक्स ब्रान्ड बनाउन उनीहरुको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा फावियन कुन्हो ली – म्यानेजिङ डाइरेक्टर, एलजी इलेक्ट्रोनिक्स सिंगापुर, जेराल्ड सुन्घो चुन – म्यानेजिङ डाइरेक्टर, एलजी इलेक्ट्रोनिक्स बंगलादेश र निर्वाण चौधरी – म्यानेजिङ डाइरेक्टर, चौधरी ग्रुप पनि उपस्थित रहेका थिए ।

दोस्रो दिनको कार्यक्रम सर्वसाधारणका लागि खुला गरिएको थियो, जसमा आगन्तुकहरूले एलजी को नयाँ एआई प्रविधिको प्रत्यक्ष अनुभव गरे ।

सहभागीहरूले “एआई मिसन च्यालेन्ज” मा भाग लिएर रमाइला उपहारहरू पनि जिते। मिडियाकर्मी र विशेष आमन्त्रित पाहुनाहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहजनक बनाएको थियो ।

यस यात्राको स्मरण गर्दै चौधरी ग्रुपका मार्केटिङ प्रमुख गौरव हमालले भने, “हामी नेपाली घरपरिवारको हिस्सा बन्न पाएकोमा गर्व गर्छौं। एलजी ले सधैं नवीनता र अत्याधुनिक प्रविधिको नेतृत्व गर्दै आएको छ। अब ‘एफेक्सनेट इन्टेलिजेन्स’ सँगै एआई झन् मानवीय, झन् संवेदनशील र झन् अर्थपूर्ण बन्नेछ।”

एलजी र सीजीको सहकार्य सन् १९८८ बाट शुरू भएको हो— उक्त समय एलजीलाई गोल्डस्टार भनेर चिनिन्थ्यो । दशकौंदेखि चल्दै आएको यो साझेदारी विश्वास र नवप्रवर्तनको बलियो आधारमा स्थापित हुँदै आएको छ ।

“एफेक्सनेट इन्टेलिजेन्स” कार्यक्रम केवल प्रदर्शनी मात्र थिएन—यो मानिस, प्रगति र अझ स्मार्ट, अझ कनेक्टेड भविष्यप्रति गरिएको प्रतिबद्धताको उत्सव रहेको सीजीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार