काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन सबैजसो मुद्राको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनारसहित सबैजसो मुद्राको मूल्य घटेको हो ।
यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा रहेको थियो ।
बिहीबार युरो एकको खरिददर १६० रुपैयाँ ९५ र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा, पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ५३ र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा र अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा रहेकोमा आज युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ तोकिएको छ ।
आज कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३० पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ८९ पैसा कायम भएको छ । हिजो कुबेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४५० रुपैयाँ २८ पैसा र बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५७ पैसा रहेको थियो ।
यसैगरी आज स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।
क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा कायम भएको छ ।
थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५३ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७ रुपैयाँ ४३ पैसा र ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३२ पैसा रहेको छ ।