काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रतिनिधि सभामा उत्पति भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०, भन्सार विधेयक, २०८०, विनियोजन विधेयक, २०८२, आर्थिक विधेयक, २०८२, राष्ट्र ऋण उठाउने विधेयक, २०८२ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्सूची रहेको छ –
आजको वैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२” पेस गर्ने ।प्रधानमन्त्री केपी शर्मा ओलीले “महालेखापरीक्षकको बासट्टि औं वार्षिक प्रतिवेदन, २०८२” पेस गर्ने कार्यसूची रहेको छ । ।
त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले :-“औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, ।”औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२” प्रस्तुत गर्ने तथा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले:-“राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । (ख) “राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२” प्रस्तुत गर्ने कारयसूची तोकिएको छ ।
आजको बैठकमा भर्खरै मात्र प्रतिनिधिसभाबाट पारित भएक निजामति बिधयेकको संघीय निजामती सेवा विधेयक २०८० को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा तोडमोड र अनियमितताको छानबिन गर्न विशेष संसदीय समिति गठन गर्ने छ ।
सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकबिच शनिबार भएको छलफलले छानबीन समिति बनाउने र छानबीन समिति ७ सदस्यीय हुने निर्णय भइसकेको छ सो निर्णयलाई संसदमा पेश गरि समितिको गठन हुनेछ ।
आजको बैठकमा “ २०४८ सालमा बागलुङ जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य, गोविन्द प्रसाद शर्मा कण्डेलको २०८२ साल असार १५ गते निधन भएकोमा प्रतिनिधि सभाको बैठकले निधनप्रति शोक प्रकट गर्ने र श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नेछ । त्यसैगरि २०७० सालमा बारा जिल्ला क्षेत्र नं १ बाट संविधान सभा सदस्यमा निर्वाचित सदस्य राम अयोध्या प्रसाद यादवको ७२ वर्षको उमेरमा २०८२ साल असार १८ गते वीरगंजस्थित हेल्थ केयर अस्पतालमा असामयिक निधन भएकोप्रति प्रतिनिधि सभाको बैठकले शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै गर्नेछ


