RE
Global College

सर्वोच्चका तीन न्यायाधीश र न्याय परिषद् सदस्य संसदीय समितिबाट अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस तीन जनाको नाम अनुमोदन गरेको छ ।

सुनुवाइ समितिको सोमबार बिहान बसेको बैठकले सर्वोच्चको न्यायाधीशमा न्यायपरिषद्बाट सिफारिस न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको अनुमोदन गरेको हो । समिति सभापति ईश्वरी न्यौपानेले बिहान बसेको बैठकले सर्वोच्चका तीन न्यायाधीश र न्याय परिषद् सदस्य संसदीय समितिबाट अनुमोदन गरेको जानकारी दिएकी हुन्।

सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका थापा र पौडेल उच्च अदालतका मुख्य न्यायाधीश हुन् भने पोखरेल वरिष्ठ अधिवक्ता हुन्।

सभापति न्यौपानेले अब न्यायाधीश सिफारिस गर्दा समावेशिताका आधारमा सिफारिस गर्न कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियाको ध्यानाकर्षण गराइएको पनि बताइन् ।

NECO

Leave Your Comment

Related News