RE
Global College

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । असार २३ गते सोमबार आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, दाङ सब क्लस्टर प्रमुख आश कुमार जरेजुले स्वास्थ्य केन्द्रका प्रमुख डा. युवराज महरालाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गर्नुभएको हो ।सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरिएको हो ।

‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण कार्यक्रममा सुनिल स्मृती गाउँपालिकाका अध्यक्ष मनिराज बुढाथोकी, गाउँपालिका उपाध्यक्ष मीना थापा सांग्ििरला डेभलपमेन्ट बैंक सुलिचौर शाखाका इन्चार्ज कमल विक्रम शाह लगायतको उपस्थिती थियो । गाउँपालिका अध्यक्ष बुढाथोकी, उपाध्यक्ष थापा तथा डा. महराले ‘अक्सिजन कन्सेन्ट्रेटर’ले विरामीको उपचारमा ठुलो सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि यसै महिना मुस्ताङको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई पनि एक थान ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको थियो ।

आम नागरिकको विश्वास र भरोसाका कारण यस सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

NECO

Leave Your Comment

Related News