CLI
Global College

चेक बाउन्स मुद्दामा दुइ पक्ष मिलापत्र गरि रकम भुक्तानी गरेमा कालोसूचीबाट हट्न सक्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले चेक बाउन्सको मुद्दामा  भुक्तानि दिनु पर्ने र भुक्तानी लिनु पर्ने दुइ पक्षका बिचमा भुक्तानि गरि कानून  बमोजिम मिलापत्र गरेमा कालोसूचीबाट हट्न सक्ने  व्यवस्था गरेको छ  राष्ट्र बैंकले बैङ्क तथा वित्तिय संस्थालाई एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैङ्कले जारी गरेको एकीकृत निर्देशिकाको व्यवस्था अनुसार चेक अनादर / फिर्ता भई कालोसूचीमा समावेश भएको अवस्थामा सो व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले उक्त चेकको रकम भुक्तान कर्तालाई भुक्तानि गरेमा वा भुक्तानकर्तालाई  भुक्तानी दिएको खण्डमा प्रचलित कानून बमोजिम मिलापत्र गरेको जानकारी सम्बन्धित बैंक वा वित्तीय संस्थालाई प्राप्त भएमा कालोसूचीबाट हट्न सकिने छ ।

यस अघि भाखा नाघेको कर्जाको साँवा ब्याज चुक्ता गरेमा वा आफ्नो खातामा पर्याप्त मौज्दात नभई चेक जारी गरेको व्यक्ति कालोसूचीमा समावेश भएकोमा सो व्यक्तिले उक्त चेकको रकम चेक जारी गरेको व्यक्तिलाई भुक्तान गरेमा वा सम्बन्धित व्यक्ति वा संस्थालाई भुक्तानी दिने गरी रकम earmark गरी राखेमा मात्र कालोसूचीबाट हट्न सकिने व्यवस्था थियो।

 

Leave Your Comment

Related News