RE
Global College

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक साँझ ६ बजेपछि बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस लेनदेनसम्बन्धी विवादित बनेका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

प्रधानमन्त्रीको सचिवालयले भने यो बैठक नियमित रहेको बताएको छ। हरेक सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको छ।

मन्त्री गुप्ताको ६ महिनाअघिको घुस प्रकरणको अडियो तथा समाचारहरु पछिल्लो समय विभिन्न सञ्चारमाध्यमहरुले सार्वजननिक गरे सँगै नागरिकहरुमाझ उक्त प्रकरण पुगेको हो ।

NECO

Leave Your Comment

Related News