CLI
Global College

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

महेन्द्रनगर (धनुषा )। मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि प्रस्तुत भएका दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ अनुसार उनले ‘मधेस प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘आर्थिक वर्ष २०८२/८३ का लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेकी हुन् ।

Leave Your Comment

Related News