RE
Global College

नेपाल लाईफ इन्स्योरेन्सले आर्जन गर्यो १० अर्ब प्रथम बीमा शुल्क

काठमाडौं ।  जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकै आर्थिक बर्षमा  १०,००,००,००,००० (दस अर्ब) प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  यो सँगै  नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड कायम भएको छ  ।

 १० अर्व प्रथम बीमा शुल्क आर्जन गरेको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा बीमा गर्ने  बीमित, कम्पनीको मेरुदण्डको रूपमा रहेका बीमा अभिकर्ता, कम्पनीका कर्मचारीहरू, शेयरधनी, नियामक निकायहरू तथा यस ऐतिहासिक लक्ष्यलाई मूर्तता प्रदान गर्न अहोरात्र सहयोग गर्ने सम्पूर्ण सरोकारवालाई  धन्यवाद ज्ञापन गरेका छन् ।

नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको कम्पनीले जनाएको छ  । आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा नेपाल लाइफ विश्वस्त  रहेको कम्फनीले बताएको छ  । नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने ,कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन्  ।

NECO

Leave Your Comment

Related News