Skip to content
Equity Nepal
२० भाद्र २०८३, शनिबार
(Sep 5, 2026)
sipradi dds
  • News
  • Market
  • Energy
  • Opinion/Analysis
  • Bank/Finance
  • Insurance
  • Corporate
  • Budget
  • Others
    • Economy
    • International
    • Technology
    • Industry
    • Auto
  • English
  • Unicode Tools
    • Preeti (Nepali Font) to Unicode
    • Unicode to Preeti (Nepali Font)
CLI
Global College

ओली अध्यक्षमा तेहेरिने र विद्यालाई एमालेमा रोक्नेगरी प्रस्ताव पारित

Equity Nepal
Published Date : Friday July 18, 2025 8:37 am

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केपी शर्मा ओली एमाले अध्यक्ष तेहेरिने र पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विधान महाधिवेशनमा रोक्नेगरी प्रस्ताव पारित गरेको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको अध्यक्षतामा बिहीबार राति सम्पन्न पार्टी सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । यससँगै उमेर हद र दुई कार्यकालको व्यवस्थाले ओलीलाई अध्यक्षमा रोक्न सक्ने प्रावधान हटेको छ । उमेर हद र दुई कार्यकालको व्यवस्था हटेसँगै उनी तेस्रोपटक अध्यक्ष बन्न सक्ने बाटो खुलेको हो ।

बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई शुक्रबार हुने पोलिटब्युरो बैठकमा पेस हुने र उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने उपमहासचिव ज्ञवालीले बताए । बैठकले पदाधिकारीको सङ्ख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ । पोलिटब्युरो बैठक ११ः०० बजे बस्ने कार्यसूची छ ।
पार्टीमा दुई किसिमका सदस्य रहने प्रस्ताव गरिएको जानकारी दिँदै उपमहासचिव ज्ञवालीले एउटा सदस्य तथा अर्काे सङ्गठित सदस्य भएको बताए । यही साउन ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्ने छ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ ।
यसैगरी सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा सक्रिय भएकी पूर्वराष्ट्रपति भण्डारीलाई रोक्नेगरी प्रस्ताव पारित भएको छ । बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ । बैठकपछि  उपमहासचिव ज्ञवालीले भने, ‘दशौं राष्ट्रिय महाधिवेशनमा नभएका र पछि केन्द्रीय कमिटी अथवा केन्द्रीय निकायमा आउनुभएका साथीहरु आयोजकका हिसाबले जानुहुन्छ, तर उहाँहरु विधान महाधिवेशनको प्रतिनिधि चाहिँ बन्नु हुन्न ।’
२०७८ मंसिरमा सम्पन्न एमालेको दशौँ महाधिवेशनमा भण्डारी एमाले प्रतिनिधि थिइनन् । उनी विसं. २०७२ कार्तिक ११ देखि २०७९ फागुन २८ गतेसम्म दुई कार्यकाल गरी नेपालको दोस्रो तथा प्रथम महिला राष्ट्रपतिको भूमिकामा थिइन् ।

Leave Your Comment

Related News

  • रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा

  • जोखिमयुक्त स्थानमा रहेका बस्ती सार्नेगरी कानुन बनाउँदै सरकार

  • भोटेकोशी बाढी : एक हजार ३० शवको सुरक्षित व्यवस्थापन

  • माथिल्लो त्रिशूली–३ ए जलविद्युत् बाट दुई जनाको उद्धार, सम्पर्कविहीनको खोजी जारी

  • बाढीले पुरिएको घरबाट नुवाकोटमा महिलाको जीवितै उद्धार

  • ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’

muktinath
SALICO
equitynepal.com

TrendingRecent News

१

त्रिशूली ३ ‘ए’ जलविद्युतको सुरुङ भित्र पस्यो उद्धार टोली, फोटो सहित

२

सुनचाँदीको मूल्यमा भारी वृद्धि

३

बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टको १ करोड ११ लाख सहयोग

४

गरिमा विकास बैंकको लाभांश घोषणा

५

९५सयले घट्यो सुनको मूल्य

६

घट्यो सुन चाँदीको मूल्य, प्रतितोला कतिमा हुदैछ कारोबार ?

७

ग्र्यान्ड क्यानियनमा भीषण बाढी: १५ जना बेपत्ता, ६२ जनाको उद्धार

१

रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा

२

जोखिमयुक्त स्थानमा रहेका बस्ती सार्नेगरी कानुन बनाउँदै सरकार

३

भोटेकोशी बाढी : एक हजार ३० शवको सुरक्षित व्यवस्थापन

४

माथिल्लो त्रिशूली–३ ए जलविद्युत् बाट दुई जनाको उद्धार, सम्पर्कविहीनको खोजी जारी

५

बाढीले पुरिएको घरबाट नुवाकोटमा महिलाको जीवितै उद्धार

६

ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’

७

इन्धन र ग्यासको चर्चाबीच अन्य उपभोग्य वस्तुको महँगी ओझेलमा :  पूर्वराज्यमन्त्री  दुगड

ABOUT

Equity Nepal is online portal dealing with news and analysis on investing, personal finance, banking, insurance, business sector and the economy.

Connect with Us
  • equitynepal
  • equitynepal

OUR TEAM

  • President: Lochan Khatiwada
  • Editor: Prakash Khatiwada
  • Senior Correspondent: Nirajan Sapkota
  • Correspondent: Rijan Shilpakar
  • News Coordinator: P. R. Singh
  • Accountant: Vinu Waiva
  • Marketing Officer: Meghraj Baskota
  • Employee: Laxmi Magar
  • Administrator: Sushil Dahal

CONTACT

  • Need Media Private Limited
  • Kathmandu-30, Kathmandu,Nepal
  • 9851362262
  • [email protected]
  • [email protected]

© Copyright 2026. All rights reserved by   Equity Nepal

Department of Information Registration Number: 780/074-75