RE
Global College

उच्च पदस्थ राजनीतिक र कर्मचारीको सम्पत्ति छानबिन गर्न राप्रपाको माग

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालपछि सत्तामा पुगेका उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएको छ। लामो समयदेखि पार्टीले एजेन्डा बनाउँदै आएकोमा सो विषयलाई शुक्रबार औपचारिक रूपमा विभागमा दर्ता गराएको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार हरिहरभवनस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुगेर विभागका महानिर्देशक सुमन दाहाललाई ज्ञापनपत्र बुझाएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

यसअघि आजै राप्रपाले भ्रष्टाचारको छानबिन माग गर्दै अख्तिायरमा पनि ज्ञापनपत्र बुझाएको थियो ।

NECO

Leave Your Comment

Related News